बाल विवाह कसूरमा ६ महिना कैद सजायको फैसला
जिल्ला अदालत दैलेखले बालविवाह कसूरमा आठबीस नगरपालिका–६ सिंगासैनका २१ वर्षीय नरेन्द्र थापालाई ६ महिना कैद र ५ हजार जरिवाना सजाय गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट ०७७ फागुन ५ गते भएको फैसलामा नरेन्द्र थापासँग बालविवाह गर्ने १६ वर्षीया बालिकालाई पनि ३ हजार तीन सय तेत्तीस रूपैयाँ तेत्तीस पैंसा जरिवाना तोकिएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।
नरेन्द्र र ती बालिकाबीच ०७७ भदौ १७ गते बालविवाह भएको भन्दै प्रहरीले भदौ २७ गते सिंगासैनस्थित घरबाट गिरफ्तार गरी प्रहरीले मुद्दा चलाएको थियो ।
जिल्ला अदालतमा असोज १६ गते पेश भएको उक्त मुद्दामा थुनछेक बहसपछि आरोपित दुबैलाई तारेखमा छाडिएको थियो ।
तीन वर्ष भन्दा कम कैद तोकिएको फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था भएकोले उनीहरूलाई कारागार नपठाइएकोसूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…