बाल विवाहका आरोपित गिरफ्तार

  ०७३ भदौ १७ गते

१५ वर्षीया एक बालिकासँग विवाह गरेको आरोपमा कैलाशमाण्डौ गाविस ८ का २४ वर्षीय टेकबहादुर सार्कीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले बालविवाह गरेको आरोपमा भदौ १५ गते जिल्ला प्रहरी कार्यलयमा सार्कीविरुद्ध उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कृष्ण खड्काले जानकारी दिएका छन् ।


पदम सिंह