बाल क्लब सञ्जालको पहलमा बालविवाह रोकियो
१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
०७३ फागुन १४ गते प्रहरीले खुर्कोटमा जन्ती र बेहुली लिई विवाहका लागि काभ्रेतर्फ गइरहेको बसलाई रोकेर चेकजाँच गर्दा बालविवाह हुन लागेको थाहा पाएपछि सो विवाह रोकेको प्रहरीले जनाएको छ ।
एक महिना अघि उनीहरूले भागी विवाह गरेको र आफ्नो जातीय परम्परा अनुसार केटी पक्षको घरमा विवाहका लागि जन्तीसहित जाँदै गर्दा खुर्कोट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तम प्रकाश बरालले बताए ।
कानुन अनुसार केटाकेटी दुवै जनाको उमेर नपुगेको देखिएकाले विवाह रोकिएको इन्स्पेक्टर बरालले बताए । उनीहरूलाई २० वर्षपुगेपछि मात्रै विवाह गर्न पाउने र तत्कालका लागि सँगै बस्न नपाउने गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बेहुला बेहुली तथा उनीहरूका अविभावकलाई कानुनी परामर्शपछि विवाह रोकी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
स्थानीय तथा जिल्ला बाल क्लब सञ्जालको सूचनाको आधारमा प्रहरीले बालविवाह रोकेको हो ।
यसैगरी बहुविवाह तथा बालविवाह गर्न लागेको आरोपमा रानीचुरीको एक विवाह पनि स्थानीय बाल क्लब सञ्जाल तथा स्थानीयबासीको सहयोगमा रोकिएको छ ।
रानीचुरी-१ का २० वर्षीय निरोज योञ्जनले घरमा पत्नी हुँदाहुँदै १७ वर्षीया बालिकासँग अर्को विवाह गर्न खोजेको भन्दै स्थानीयको पहलमा विवाह रोकिएको बाल क्लब सञ्जालका जिल्ला अध्यक्ष रामकाजी घलानले जानकारी दिए ।
पछिल्लो समय जिल्लामा बाल क्लबहरूको पहलमा बाल विवाहका घटना नियन्त्रणमा आउन थालेसँग यी दुई विवाह रोकिएका हुन् ।
विमला पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…