बाल आश्रममा इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग
जनकपुरस्थित सद्गुरू कविर बाल आश्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा मङ्सिर १६ गते आर्थिक सहयोग गरिएको छ ।
आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकलाई इन्सेक प्रतिनिधिको पहलमा १४ हजार रुपियाँ, फलफूल र मानव अधिकारसम्बन्धी पुस्तकहरू प्रदान गरिएको हो ।
वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत महोत्तरी बर्दिवास नगरपालिकाका युवा दिनेश शर्माले इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहलाई आश्रममा रहेका १३ जना बालबालिकाहरूको सरंक्षणका लागि पठाएको १४ हजार रुपियाँलगायतका सामग्री आश्रमका सञ्चालकलाई प्रदान गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, समाजसेवी बैद्यनाथ साह, इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह, रेडियो नेपाल प्रदेश २ का प्रमुख संवाददाता अजय झालगायतकोे उपस्थितिमा आर्थिक सहयोग गरिएको हो ।
सहयोग कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका शर्माले पठाएको १४ हजार रुपियाँले आश्रमलाई ठुलो साथ र सहयोग भएको भन्दै आफ्नो कडा मेहनत र परिश्रम गरी आश्रमलाई सहयोग गर्नुहुने सहयोगदाता शर्मा र समन्वयकर्ता इन्सेक धनुषा प्रतिनिधिलाई धन्यवाद दिनुभयो ।
आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकले धनले कमजोर भएपनि समाजिक मनले धनी दिनेश शर्माले खाडी मुलुकबाट आश्रमलाई सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । आश्रममा अहिले १३ जना बालबालिकाहरू रहेका छन् ।
दिपेन्द्रप्रसाद सिंह
संबंधित समाचारहरू
सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो
ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु…
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले…
गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा
नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको…
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…