बाल अधिकार चेतना समूहको अगुवाइमा गोष्ठी र वृक्षारोपण

  ०७६ वैशाख १७ गते

कलैया उपमहानगरपालिका–१५ सोनरनियाँ स्थित दलित जनकल्याण प्रा.वि.सोनरनियामा वैशाख १६ गते  वातावरण संरक्षणका लागि गोष्ठी सम्पन्न गरिएको छ ।

कलैया उपमहानगरपालिका–२१ स्थित तपी माध्ययमिक विद्यालय भोडहामा वैशाख १७ गते गोष्ठी र वृक्षारोपण भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बालबालिकाको हकहित र शैक्षिक सुधारका लागि बाल अधिकार चेतना समूह गठन गरेको थियो ।

विद्यालयका बालबालिका र बाल अधिकार चेतना समूहका सदस्यहरूको अगुवाइमा कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र झाले बताए ।

सो अवसरमा प्रदेश २ की प्रदेश सभा सदस्य ज्वालाकुमारी साहले वातावरणको नकरात्मक असर मानव जीवनमा परिरहेको बताएकी छन् । भोडहामा वैशाख १७ गते आयोजित वातावरण संरक्षण गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

साहकै संसद विकास कोषको सहयोगमा ग्रामीण वातावरण चेतना विकास समाज–नेपाल बाराको आयोजनामा कलैया उपमहानगर पालिका–२१ वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति र इन्सेक बारा साथै बाल अधिकार चेतना समूहले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रदेश सभा सदस्य साहले पृथ्वी हाम्रो घर भएकाले यसलाई बचाएमा मात्र मानव, पशुपंक्षी बचाउन सक्ने बताइन् ।

उनले विद्यालयको कम्पाउण्ड निर्माण गर्न आवश्यक भएकाले पहल गर्ने बताइन् । शौचालय सफा खानेपानीको प्रबन्ध मिलाउने बताइन् ।

कलैया उपमहानगरपालिका–का वडा सदस्य राजेन्द्रप्रसाद यादवले वडाका सार्वजनिक र निजी जमीन र सार्वजनिक सङ्घ सस्ंथाले वातावरण संरक्षण गरी रमणीय स्थल बनाउनुपर्ने बताए ।

सोही वडाकी वडा सदस्य पल्टनीयादेवी थारुले बोट, विरुवा, पशुपंक्षी सबैको संरक्षण गरी मानवताको परिचय दिन आग्रह गरिन् ।

photo20190501bara (1)

photo20190501bara (2)

photo20190501bara (3)

photo20190501bara (4)


भोलानाथ पौडेल