बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ १९ गते

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ १९ गते शारदा नपा-१५ सल्यानका २३ वर्षीय रमेश रावललाई गिरफ्तार गरेको छ ।

'बिहे गर्छु भनी' ललाई फकाई तुलसीपुर ल्याएर एक होटेलमा माघ १८ गते बलात्कार गरी बिहान बालिकालाई कोठामै थुनेर भाग्ने क्रममा प्रहरीले रावललाई तुलसीपुर नपा-१८ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकनाथ तिम्सिनाले बताए ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा माघ १९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १९ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भयो ।


जे.एन.सागर