बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १० गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका –१ का १८ वर्षीय एक बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

सल्यान कुमाख गाउँपालिका स्थित मामाघरबाट घर आउँदै गरेकी पीडित बालिकालाई आरोपितले ०७७ भदौ ८ गते भेरी नदी किनारमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते जिल्ला अस्पताल सल्लेमा गरिएको अस्पतालका निमित्त प्रमुख महेश चौलागाइँले बताउनुभयो ।

यसैबीच घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही गर्न ०७७ भदौ ९ गते जिल्ला स्थित अधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गरेका छन् ।

इन्सेक, अन्तरपार्टी महिला सञ्जाल, ओरेक, हरप्लेस र संयुक्त दलित अधिकार मञ्चले विज्ञप्ति मार्फत पछिल्लो समयमा बलात्कारका घटना बढेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका छन् ।


मनिषा केसी