बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ९ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाश गाउँपालिकाबाट प्रहरीले साउन ८ गते १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

बलात्कारका कारण बालिका बिरामी भएपछि घटना सार्वजनिक भएको कैलाश गाउँपालिका–८ का वडा अध्यक्ष सूर्जबहादुर थिङले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

घटना सार्बजनिक भएपछि वडा अध्यक्षसहित स्थानीयले आरोपितलाई नियन्त्रणमा लिई भार्तास्थित प्रहरी चौकीमा बुझाएका थिए । भार्ता प्रहरीले आरोपितलाई इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

आरोपितले साउन ४ गते घर नजिकैको मकै बारीमा लगि बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन ८ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते मनहरीस्थित स्वास्थ केन्द्रमा गरी थप उपचार भइरहेको वडा अध्यक्ष थिङले बताउनुभयो ।


पुष्पराज अधिकारी