बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १६ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको फागुन १६ गते प्रहरीले सार्वजनिक गरेको छ ।

आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दर्ता गराएका थिए । प्रहरीले आरोपितलाई फागुन १२ गते गिरफ्तार गरेको थियो ।

कक्षा ६ मा अध्यनरत बालकले बालिकालाई आप्mनो कोठामा बोलाएर बलात्कार गरेको पीडितका आफन्तले बताएको प्रहरीले जनाएको छ । छोरी रुँदै घरमा पुगेर घटनाका विषयमा अभिभावकलाई भनेपछि अभिभावकले प्रहरीलाइ खबर गरेका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा फागुन १२ गते गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

बालकलाई जिल्ला प्रहरी कार्यालयको बाल निगरानीमा राखेर थप अनुसन्धान भइ रहेको उहाँले जानकारी दिनुभयो ।


मिना बुढाथोकी