बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नगरपालिका– २ का २२ वर्षीय रोहित यादवलाई माघ ७ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले  माघ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  माघ ७ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली