बालात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २६ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्यविनायक नगरपालिका–१ दधिकोटका ५२ वर्षीय तिर्थराज न्यौपानेलाई साउन २५ गते गिरफ्तार गरको छ ।

पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा साउन २५ गते मौखिक उजुरी दिएको छ ।

उक्त उजुरीपछि अरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी शान्तिराम कोइरालाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते प्रसूति गृह थापथलीमा भएको प्रहरीले जनाएको छ ।


सविना केसी