बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी

  ०७६ जेठ ३१ गते

सानोठिमीस्थित बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी राख्दा समस्या परेको छ । १ सय १० जनाको क्षमता रहेको उक्त सुधार गृहमा हाल २० जना बालिका र १ सय ७० जना बालकसहित कूल १ सय ९० जना बालबन्दी राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जयराजन श्रेष्ठले जानकारी दिए ।

विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानुन बमोजिम सजायको भागिदार भएका बालबालिकाहरूका लागि सञ्चालित बाल सुधार गृहमा ठाउँ अभावका कारण बस्ने व्यवस्थामा समस्या परेको श्रेष्ठको भनाई छ ।

बालबालिकाको खानपान, परामर्श र अध्ययन भने नियमित सञ्चालनमा रहेको बताए । लामो समयदेखि ठाउँ अभाव झेल्दै आएको गृहलाई ठाँउको क्षमता बृद्धि गर्न आवश्यक रहेको छ ।


सविना केसी