बालविवाह हुँदै गर्दा मण्डपबाटै बेहुलाबेहुलीको उद्धार

  ०७५ वैशाख २५ गते

मुसीकोट नपा-१० का १७ वर्षीय बालक र सोही नपा-९ की १६ वर्षीया बालिकाबिच बालविवाह हुँदै गरेको आरोपमा प्रहरीले वैशाख २४ गते दुवै जनालाई विवाह मण्डपबाट उद्धार गरेको छ ।

केटा पक्षको घरमा वैशाख २४ गते भइरहेको विवाहको मण्डपबाट बेहुला र बेहुलीलाई उद्धार गरी बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए । बालबिवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले दुवैको उद्धार गरेको हो ।

दुवै बालबालिकाले आफूखुसी विवाह गरेको स्थानीयले आरोप लगाएका छन् । दुवैलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइने प्रहरीले जनाएको छ । सम्झाउँदा पनि नमाने कानुनी कारवाही गरिने डिएसपी धमलाले बताए । प्रहरीको सक्रियतामा विगत तीन महिनामा जिल्लामा योसमेत १६ ओटा बालविवाह घटना रोकिएका छन् ।


मनिषा केसी