बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ७ गते

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–३ का १९ वर्षीय कौस बिकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विवाह गर्छु भन्दै आरोपितले कात्तिक ५ गते घरबाट भगाएपछि पीडित पक्षले कात्तिक ६ गते प्रहरी चौकी पलाँता थिर्पूमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।

उहाँका अनुसार बालिका भगाएपछि अहिले बाल विवाहको मुद्दा परेको र पछि अनुसन्धानका क्रममा खुल्न आएमा बलात्कारको मुद्दा पनि लाग्न सक्ने छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको जिल्ला स्वस्थ्य कार्यालयका स्वास्थ्य व्यवस्थापक डाक्टर भिष्म पोखरेलले जानकारी गराउनु भएको छ ।


कालीबहादुर मल्ल