बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २ गते

१४ वर्षीया बालिकालाई ललाइफकाई विवाह गरादिएको आरोपमा बेसीशहर नपा-८ की ३१ वर्षीया सुकमाया नेपालीलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घरमा कोही नभएको समयमा गोरखा बारपाकका २० वर्षीय शिव नेपालीसँग जेठ २२ गते भगाइदिएको भनी पीडित बालिकाकी आमाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपित नेपालीलाई बेसीशहरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रवीन्द्रनाथ गुरुङले जानकारी दिए ।


दलबहादुर मजाकोटी