बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २७ गते

बालविवाह गरेको आरोपमा प्रहरीले तीनजनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । शारदा नपा –६ मदमकाँडा बस्ने बेहुला १९ वर्षीय भुपेन्द्र केसी, बेहुली १५ वर्षीया बालिका र बेहुुलाका ३३ वर्षीय बुबा दलबहादुर खत्रीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको हो ।

सोही दिन बिहान बालविवाह भइरहेको खबर पाएपछि प्रहरी घटनास्थल पुग्दा घरमा विवाह मण्डप तयार पारी विवाहको तयारी भइरहेको अवस्थामा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

आरोपितमध्ये बालिकालाई वैशाख २७ गते परिवारको जिम्मा लगाइएको बेहुला र बेहुलाका बुबालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


मीना बुढाथोकी