बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन ३० गते

बालविवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालक, १३ वर्षीया बालिका र बालकका अभिभावकलाई फागुन २९ गते बेलुकी गिरफ्तार गरेको छ । बालविवाहको तयारी गरिरहेको भन्ने बारेमा स्थानीयले प्रहरीमा दिएको सुचनाको आधारमा बालकका ४५ वर्षीय बुबा सहित तीनैजनालाई घरबाटै गिरफ्तार गरेको प्रहरी चौकी मालारानीका सई प्रतापसिंह पालीले बताए । घटनाका आरोपित सबैलाई सोही बेलुकी तारेखमा रिहा गर्नुका साथै बालबालिकालाई आ-आफ्ना अभिभावकको जिम्मा लगाएको सई पालीले जानकारीले दिए ।

यसैबीच, १८ वर्षीया युवती र १४ वर्षीय बालकबीच बालविवाह गराएको आरोपमा प्रहरीले अभिभावकलाई फागुन २६ गते गिरफ्तार गर्नुका साथै सोही दिन उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


दुर्गा थापा