बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ भदौ २७ गते

१६ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ का २३ वर्षीय उमेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा भदौ २७ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले भदौ १७ गते भगाएर विवाह गरेकाले कारवाहीको लागि उजुरी दिइएको हो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रविभुषण यादवका अनुसार आरोपित पीडित बालिकालाई लिएर फरार रहेकाले खोजतलास सुरू गरिएको छ ।

भदौ १ गतेदेखि लागू भएको अपराध संहिता ऐन अनुसार विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ भने उमेर नपुगी विवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र २० हजार रुपियाँ जरिबाना तोकिएको छ ।


दुर्गा परियार