बालबिज्याँई कसुरमा पाँच वर्ष कैदको फैसला

  ०७६ वैशाख १२ गते

नौ वर्षीया बहिनीलाई बलात्कार गरेको कसुरमा १५ वर्षीय दाजुलाई जिल्ला अदालतले वैशाख ११ गते पाँच वर्ष कैदको फैसला सुनाएको छ ।

१४–१६ बीचको उमेर भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा पाँच वर्ष कैदको फैसला भएको अदालतका निमित्त श्रेष्तेदार नवराज पोखरेलले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ साउन १६ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले साउन १७ गते पीडक विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

फैसलापछि बालकलाई बाल सुधार गृह मकवानपुर पठाइएको अदालतको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १७ गते गरिएको थियो ।


देवराज गुरुङ