बालबालिकाको झगडाको विषयलाई लिएर कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार ५ गते

कलैया उपमहानगरपालिका-२ पकडीका ५३ वर्षीय रामेश्वर गिरी, ४० वर्षीय राजकिशोर गिरी, ७५ वर्षीया सन्तोलीया गिरी, ४५ वर्षीया राजमतीदेवी गिरी, १७ वषीय गोविन्दकुमार गिरी, १६ वर्षीया नमीकाकुमारी गिरी, ३ वर्षीय लोरीककुमार गिरी र १५ वर्षीया बिनीताकुमारी गिरीलाई बालबालिकाको झगडाको विषयलाई लिएर कुटपिट घटनाका आरोपितविरूद्ध पीडित पक्षले असार ४ गते प्रहरीमा उजुरी गरेको छ ।

कलैया उपमहानगरपालिका-२ पकडी गाँउमा असार १ गते बालबालिकाको झगडाको विषयलाई लिएर पर्सामा कार्यरत सोही गाउँका ३० वर्षीय सशस्त्र प्रहरी सन्तोष गिरी र सप्तरीको राजविरराजमा कार्यरत ३६ वर्षीय नेपाल प्रहरी कनाही गिरीलगायतले कुटपिट गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

कुटपिटका कारण घाइते भएकामध्ये रमेश गिरीको टाउको, पिठ्यूँ र हातमा बाँसको लाठीले चोट लागेको छ ।

राजकिशोर गिरीको दाहिने हात भाँच्चिएर प्लास्टर गरिएको छ । सन्तोलीया गिरीको टाउको फुटेर टाँका लगाइएको छ ।

राजमती देवी गिरीको टाउकोमा अगाडि र पछाडी भागमा चोट लागेको छ । गोविन्दकुमार गिरीको निधार, दाहिने हात, कोखा, पिठ्यूँ र टाउकोमा चोट लागेको छ ।

Photo20190620Bara (2)

नमीकाकुमारी गिरीको टाउको र दाहिने हातमा चोट लागेको छ । लोरीक कुमार गिरीको शरीरमा चोट लागेको छ ।

बिनीता कुमारी गिरीको दाहिने कुममा चोट लागेको छ । घाइते सबैको उपचार कलैया अस्पतालमा भइरहेको छ ।

Photo20190620Bara (3)

कलैयामा बस्न र खानका लागि पैसा अभाव रहेको राजमती देवीले बताइन् । उनले उपचार गर्न उधारो औषधी पसलले नदिएकाका कारण समस्या भएको बताइन् ।

पकडी गाउँका ६० वर्षीय राजेश्वर गिरी, पर्सा जिल्लामा कार्यरत शसस्त्र प्रहरी ३० वर्षीय सन्तोष गिरी र सप्तरीको राजविराजमा कार्यरत नेपाल प्रहरी ३६ वर्षीय कनाही गिरी, ३२ वर्षीय भुनेश गिरी, ३२ वर्षीया रेनुका गिरीलगायतले आक्रमण गरेको पीडित रमेश गिरीको आरोप छ ।

Photo20190620Bara (4)

सोही वडाका वडा अध्यक्ष राजेश कुमारले घाइतेहरूको उपचार र क्षतिपूर्तिको ब्यवस्थापन गर्न पहल गरिरहेको बताए । उनले यस्ता घटना समाधान गर्न र रोक थामका लागि इन्सेकसँग पनि आग्रह गरे ।

Photo20190620Bara (5)

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले दुवै पक्षको उपचार भइरहेको बताए । अहिले अनुसन्धान भइरहेकाले उपचार पछि दुवै पक्षलाई सँगै राखेर सहजीकरण गर्ने बताए ।


भोलानाथ पौडेल