कारागारका बालबालिकालाई पोषिलो खाना

  ०७३ भदौ २९ गते

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ ।

morang-karagar_pic-_1 morang-karagar_pic-_5

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर को समन्वय तथा सेतो गुराँस र जिल्ला बालकल्याण समिति मोरङको सहकार्यमा आश्रित बालबालिका तथा एक जना गर्भवती महिलाका लागि पोषिलो पिठो, कपडा, ग्लास, कचौरालगायतका सामग्री वितरण गरिएको हो ।

कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव भएको समाचार इन्सेक अनलाइनमा प्रकाशन भएको थियो ।

जिल्ला बालकल्याण समिति मोरङकी सदस्य सरु केसीले पोषणले बालबालिकाको सर्वाङगीण विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले कारागारमा रहेका बालबालिकाका लागि एक वर्षसम्म पोषणयुक्त पिठो प्रदान गर्ने बताइन् ।


इन्दिरा भट्टराई