बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

  ०७३ चैत ३१ गते

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका फरार अभियुक्तु बालकृष्ण ढुङ्गेलले सार्वजनिक रुपमा धम्कीपूर्ण अभिब्यक्ति दिँदासमेत नेपाल सरकार र विषेश गरेर प्रहरी प्रशासन उदासीन रहेको अवस्थाप्रति घोर आपत्ति र खेद प्रकट गरेको छ ।

नेपालको सम्मानित सर्वोच्च अदालतले मिति २०६६।९।१९ मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न ढुँङ्गेललाई दोषी ठहरगरी सर्वस्वसहित जन्मकैदको फैसला भएतापनि निज ढुँङ्गेललाई कानुनी दायरामा नल्याउँनु भनेको विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको हाम्रो ठहर छ ।-समितिका संयोजक चरण प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रहरीको खोजिको सूचीमा रहेका ढुङ्गेल सार्वजनिक कार्यक्रममा सरकार एवम् प्रहरीका उच्च पदाधिकारी संगसगै देखिँदासमेत गिरफ्तार नहुनुले नेपालको कानुन र संविधानको खिल्ली उडाएको अभास भएको जनाइएको छ ।

यसरी सार्वजनिक कार्यक्रममा पीडित परिवार, न्यायलयका पूर्व तथा वर्तमान न्यायाधीश, राजनीतिक दलका नेता र मानव अधिकार रक्षकहरूलाई भौतिक कारबाही गर्ने, सम्पत्ति कब्जा गर्ने धम्की दिदाँसमेत कारबाही नगर्ने सरकार अपराधिको संरक्षण गर्न उद्धत छ भन्ने हाम्रो गम्भीर आरोप छ ।- विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डेस्क