बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

  ०७६ साउन ७ गते

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय छोरा उदे रावतलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण बृद्ध बुबालाई आरोपितले हसिया प्रहार गरी हत्या गरेको र आमालाई पनि घाइते बनाएको भन्ने जानकारी प्राप्त भएलगत्तै आरोपित उदे रावतलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सुख्खडका इन्स्पेक्टर यक्षराज जोशीले बताए ।

हसिया प्रहारबाट पीडित महिलाको टाउको, घाँटी र शरीरका विभिन्न अङ्गमा गहिरो घाउ लागेका कारण उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनायो ।

शवको पोष्टमार्टम साउन ६ गते सेती अञ्चल अस्पतालमा गरेपश्चात परिवारको जिम्मा लगाइएको इन्स्पेक्टर जोशीले बताए ।


मैनामोती चौधरी