बाढीले बगाएर गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोहा गाउँपालिका-३ का चन्दन यादवको श्रीमती २८ वर्षीया शर्मिला यादवलाई प्रसुती व्यथा लागेपछि राजपुर फरहदवा स्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा राजपुर गाउँपालिका-३ स्थित बाढीले कटान गरेको सडकको खाल्डोमा जीप खसेर ६ जनाको घटनास्थलमै ज्यान गएको स्थानीय सेख वकिलले जानकारी दिएका छन । परोहा गाउँपालिका-३ की २८ वर्षीया शर्मिला यादव, सुमित्रादेवी, ५ वर्षीया छोटुकुमारी, सरोज यादब र ललिता देवी रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा रहेका अन्य दुईजना पौडेर बाँच्न सफल भएको र एम्बुलेन्सका चालक फरार रहेका छन् । चार दिनदेखि परेको अविरल वर्षाले इलाका प्रहरी कार्यालय, राजपुर फरहदवा नजिक एक सय मिटर बम नहर कटान गरेको थियो र सोही कटान गरेको खाल्डोमा जीप दुर्घटना भएको जनाइएको छ ।
बाढी पीडित क्षेत्रमा खाद्यान्न, पानी र औषधीको
यसैगरी बाढीग्रस्त क्षेत्रमा खाद्यान्न, पानी, औषधी लगायतका अत्यावश्यक सामानको अभाव भएको छ । जिल्ला सदरमुकाम गौरमा ५ देखि ७ फिटसम्म पानी जमेका कारण त्यँहाका बासिन्दालाई खानेपानी तथा खाद्यान्नको समस्या परेको छ । जमिनमा भएको खानेपानीको धारा पानीले डुबाएको कारण खानेपानी उपलब्ध हुन सकेको छैन भने घरमा रहेका खाद्यान्न पानीले नष्ट गरिदिँदा खाद्यान्नको समस्या भएको स्थानीय भवनाथ झाले बताए ।
जिल्ला अस्पतालका बिरामीको अवस्था दयनीय
जिल्ला सदरमुकाम गौर स्थित जिल्ला अस्पताल भित्रसमेत पानी पसेका कारण त्यँहा रहेका बिरामी समस्यामा परेका छन् । अस्पतालको भुईतलामा रहेका बिरामीलाई कहाँ लगेर राख्ने भन्ने समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्लास्थित सबै शिक्षण संस्था बन्द
बाढीका कारण जिल्लाका सबैजसो विद्यालयहरू डुवानमा परेका कारण जिल्लाका सबै शिक्षण संस्था बन्द भएका छन । बाढीको प्रभाव नपरेको चन्द्रनिगाहपुर वरपरका विद्यालयहरू समेत बन्द गरिएको छ ।
बिपिन गौतम
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…