बाढीपीडित सुत्केरी महिलालाई राहत सामग्री वितरण

  ०७६ साउन १७ गते

धनुषाधाम नगरपालिका वडा नम्बर १, २ र ७ वडाका दलित बस्तीमा रहेका बाढीपीडित २० जना सुत्केरी महिलालाई राहत वितरण गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २ कार्यालय, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नेपाल मानव अधिकार सङ्गठन, थर्ड एलाइन्स र उन्नत नेपाल लगायतका मानव अधिकार सङ्घ संस्थाका प्रतिनिधिहरूले व्यक्तिगत र संस्थागत रूपमा रकम सङ्कलन गरी जम्मा गरिएको रकमबाट सामग्री खरिद गरी सुत्केरी महिलालाई साउन १६ गते धनुषाधाममा राहत सामग्री वितरण गरिएको हो ।

photo20190802dhanusha

उनीहरूलाई साडी, साजा, ब्लाउज, बच्चका लागि कपडा, सावुन र गेडागुडी लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

अविरल वर्षाका कारण धनुषाधाम नगरपालिकामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ३ सय ९१ घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय धनुषाधामका सई चन्देश्वर महतोले बताए ।

५५ परिवार विस्थापित भई विद्यालय तथा आफन्तको घरमा बसेको उनले जानकारी दिए । धनुषाधाम नगरपालिकास्थित भलुवाखोलामा आएको बाढीले बगाएर धनुषाधाम नपा–४ का ७५ वर्षीय विपत चमारको मृत्यु भएको सई महतोले बताए ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम