बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

  ०७६ कात्तिक २७ गते

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तोकिएको एउटा मतदान केन्द्र र दुई ओटा मतदानस्थल सुरक्षाका हिसावले संवेदनशील रहेको कोहलपुर इलका प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष रोकाले बताए ।
कात्तिक २० गते स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ११ जना सशस्त्र प्रहरी र ५ जना नेपाल प्रहरीले सुरक्षा दिइरहेको बताए ।
उपनिर्वाचनको लागि २ हजार २६ जना मतदाता रहेका छन् । जसमध्ये महिला १ हजार ४९ र पुरुष ९ सय ७७ जना रहेको निर्वाचन कार्यालय बाँकेका प्रमुख खोमप्रसाद सुवेदीले बताए ।


स्मृति देवकोटा