बाँकेको कोहलपुरमा अनिश्चितकालिन निशेधाज्ञा जारी

  ०७६ मङ्सिर २२ गते

कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि सुरू भएको प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले मङ्सिर २२ गते अनिश्चितकालिन निशेधाज्ञा लगाएको छ ।

कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय मा अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएपछि विद्यार्थी, स्थानीय र बालिकाका आफन्तले प्रदर्शन सुरू गरेका हुन् ।

प्रदर्शन चर्कँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो ३ बजेदेखि कोहलपुर पिपरी चोकदेखि उत्तरमा नौवस्ता चोक, पुर्वमा रोहिणी खोला र पश्चिममा किरण खोलासम्म निशेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन रबरका गोली र अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरी र प्रदर्शनकारीबिचको झडपमा त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत शुसिल थापा, सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत नरेन्द्र बस्नेत, नारायण खत्री, कक्षा १२ मा अध्ययनरत सुजन चन्द, पुजा मल्ल, कक्षा १० मा अध्ययनरत विशाल खड्का गम्भीर घाइते भएको त्रिभुवन माध्यमिक विद्यालयकी प्रिन्सिपल देवका थापाले जानकारी दिनुभयो ।

त्यसैगरी झडपबाट कोहलपुर इलका प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीसहित १५ जना प्रहरी   घाइते भएको कोहलपुर इलका प्रहरी कार्यालयका इन्स्पेक्टर हस्तबहादुर सुनारले बताउनुभयो ।

ट्रकको ठक्करबाट घाइते भएकी बालिका प्रकृति चन्दलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य घाइतेहरूको उपचार कोहलपुर शिक्षण अस्पतालमा भइरहेको छ ।

झडपमा ना २ ख ९४५९ नम्बरको ट्रकमा विद्यार्थीहरूले आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड समेत गरेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधिलाई घाइतेहरूको सूची यसप्रकार छ ।

photo20191208banke1

photo20191208banke (1)

photo20191208banke (3)

photo20191208banke (4)

photo20191208banke (5)

photo20191208banke (6)

photo20191208banke (7)


स्मृति देवकोटा