बहुविवाह मुद्दा पेश भएकै दिन कैदको फैसला
बहुविवाह मुद्दाका आरोपित नारायण नपा-५ राजीगाउँका २१ वर्षीय अर्जुन सार्की र सोही ठाउँकी २१ वर्षीया रत्ना दर्लामी मगरलाई अदालतमा मुद्दा पेश भएकै दिन अदालतले कात्तिक १२ गते जनही १ वर्ष ६ महिना कैदको फैसला गरेको छ । साथै अदालतले प्रतिव्यक्ति १० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।
अर्जुनकी जेठी पत्नी २१ वर्षीया सुनिता सार्कीको जाहेरीका आधारमा प्रहरी अनुसन्धान र सरकारी वकिल कार्यालयले कात्तिक १२ गते पेश गरेको मुद्दामा आरोपितद्वयले बहुविवाह गरेको स्वीकार गरेकोले न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो सजायको फैसला भएको जिल्ला अदालतले जनाएको छ ।
आरोपित समेतले स्वीकार गरेको कारण अदालतको शीघ्र न्याय प्रदान गर्ने नीति अनुरुप अदालतमा मुद्दा पेश भएकै दिन फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले जानकारी दिए । प्रमाण पुगेको अवस्थामा मुद्दा फैसला गर्ने शीघ्र न्याय नीतिले सरकारको खर्चमा समेत मितव्ययी हुने उनले बताए ।
अर्जुन र रत्नाबीच असोज १३ गते बहुविवाह भएको भन्दै जठी पत्नी सुनिताले असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । बहुविवाह घटनाका आरोपित अर्जुन र रत्नालाई प्रहरीले असोज १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वर प्रसाद यादवले जानकारी दिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…