बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ३ गते

सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सागाचोक गाविस–८ की २८ वर्षीया गोपिनी गिरीले आरोपितहरूले ०७३ जेठ महिनामा बहुविवाह गरेको आरोपमा असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितहरू फरार रहेकाले गिरफ्तार गर्न बिलम्ब भएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले अनुसन्धान सुरु गरिएको बताए ।


नातिबावु धिताल