बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख ३१ गते

बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

घरमा आफू हुँदाहुदै बहुविवाह गरेको भन्दै जेठी पत्नी कविता शाहीले दिएको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

उजुरीमा कविताले पति शेरबहादुरले आफू र चार वर्षीया छोरीलाई खानलाउन नदिएको, कुटपिट र दुर्व्यवहार गरेकोसमेत उल्लेख गरेकी छन् ।

आरोपितद्वयले वैशाख २१ गते बहुविवाह गरे यता आफूलाई घरमा बस्न नदिएको कारण भगवतीमाई गाउँपालिका-२ रुम गाउँस्थित माइतीको संरक्षणमा बस्दै आएको पीडित महिलाले बताएकी छिन् ।


अमर सुनार