बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १२ गते

बड्कादियाले–६ की २२ वर्षीया सुष्मा तामाङले बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा उनका २० वर्षीय पति रामकुमार खड्का र बड्कादियाले–६ की २० वर्षीया कान्छी पत्नी कृष्णमाया राउतलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले आरोपितहरूले ०७३ साउन १८ गते अर्को विवाह गरी घर भित्र्याएको र आफूलाई बेवास्ता गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङमा असोज ११ गते उजुरी दिएकी थिइन् ।


सुनिता मगर