बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २० गते

जुङ्गु गाविस-८ की पार्वती बस्नेतले ३० वर्षीय पति नवराज बस्नेतले २२ वर्षीया निर्मला केसी बस्नेतसँग बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले भदौ २० गते आरोपित दुवै जनालाई गिरफ्तार गरेको छ ।

पीडितले भदौ १९ गते दिएको उजुरीमा नवराजले निर्मलासँग विवाह गरेर भदौ १९ गते घर भित्र्याएको भन्दै न्यायका लागि सहयोग गर्न अनुरोध गरिएको छ ।

आरोपित दुवै जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर विनोदकुमार सुनुवारले जानकारी दिएका छन् ।


उद्धव पोखरेल