बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ १९ गते

कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते दिएको उजुरीमा रामकुमारले कर्जन्हा गाविसकी राधासँग असार १५ गते बहुविवाह गरेको उल्लेख छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सेक्टर बेदबहादुर पौडेलका अनुसार घटनाको जानकारी हुना साथ आरोपित दुवै जनालाई गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको छ ।


दुर्गा परियार