बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज २० गते

बहुविवाह गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा-८ बस्ने २८ वर्षीय यमबहादुर गुरुङ र कान्छी पत्नी १७ वर्षीया बालिकालाई असोज २० गते सोही ठाउँबाट गिरफ्तार गरेको छ ।

गुरुङकी १९ वर्षीया जेठी पत्नी मिनु तामाङ (गुरुङ)ले असोज १९ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आरोपितद्वयले तीन महिनाअघि विवाह गरी आफूलाई बेवास्ता गरेको भन्दै आरोपित गुरुङकी जेठी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन् ।


दलबहादुर मजाकोटी