बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन ३ गते

महदेवा गाउँपालिका-५ की ३० वर्षीया रानीदेबी दासका पति ३६ वर्षीय दिपेन्द्रकुमार दासलाई बहुविवाहको आरोपमा प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले उनका पति दिपेन्द्रले कञ्चनरुप नपा-६ मधवापुरकी २६ वर्षीया सोनम दाससँग ०७४ असार २५ गते बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा साउन २ गते उजुरी दिएकी थिइन् ।

सामाजिक परम्पराअनुसार पीडित महिला र आरोपित दिपेन्द्रबिच ०६२ वैशाख १५ गते विवाह भएको थियो । पीडितका दुई छोरा छन् । आरोपितले हेलाहोचो गर्दै खानलाउन नदिएको आरोपमा ०७४ वैशाख ५ गतेदेखि पीडित नाबालक छोराहरूसहित राजविराज नपा-८ स्थित माइतीघर बस्दै आएकी छन् ।


मनोहरकुमार पोखरेल