बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर २९ गते      

हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिला सुन्तली घलानले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए ।

आरोपितद्वयले ०७३ कात्तिक २८ गते विवाह गरेर हेटौँडा बजारमा कोठा भाडामा लिएर राखेको पीडित महिलाको आरोप छ ।

चालु आर्थिक वर्षको ५ महिनामा बहुविवाहका आरोपित आठ जोडीलाई प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ ।


प्रताप विष्ट