बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक २७

खोलागाउँ गाविस-६ की ३३ वर्षीया सुशीला बोहोराले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा ३५ वरषीय पति कृपालाल बोहरा र सोही ठाउँकी २८ वर्षीया कविता पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिला सुशीलाका अनुसार आरोपितद्वयले गत असोज २० गते विवाह गरेको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले आरोपितलाई कात्तिक २६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी अंगुर जिसीले जानकारी दिए ।


आदर्श केसी