बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक २६ गते

बहुविवाह गरेको आरोपमा प्रहरीले दुली गाविस-३ का ३० वर्षीय गमबहादुर पुन र सोही ठाउँकी १८ वर्षीया पुष्पा पुनलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

गमबहादुरकी जेठी पत्नी नन्दकला पुनले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको दुवै जना आरोपितलाई घरैबाट गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी अङ्गुर जिसीले बताए । पीडित महिलाका अनुसार गमबहादुर र पुष्पाले गत असोज २५ गते बहुविवाह गरेका थिए ।


आदर्श केसी