बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ३ गते

दैलेखको कुसापानी गाविस-८ का २४ वर्षीय अर्जुन भुसाल र सुर्खेतको गुटु गाविस-४ की २२ वर्षीया मनिषा थापालाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

कुसापानी गाविस-८ की २२ वर्षीया विष्णु भुसालको उजुरीका आधारमा उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिला विष्णुका अनुसार आरोपितद्वयले गत असोज १३ गते विवाह गरेका थिए । दुई वर्षघि मलेशिया गएदेखि आफूलाई कुनै पनि खर्च नपठाएको र यहीबिचमा फेसबुक सर्म्पर्ककै आधारमा नेपाल आएलगत्तै मनिषालाई घरमा भित्र्याएको पीडितले आरोप लगाएकी छन् ।


अमर सुनार