बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

  ०७३ असोज ११ गते

पटेर्वा गाविस–८ की ३० वर्षीया सबितरदेवी रामको उजुरीका आधारमा उनका ३३ वर्षीय पति किसुनदेव राम र कान्छी पत्नी २१ वर्षीया चन्दा रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले आरोपितहरूले ०७३ साउन ११ गते दोस्रो विवाह गरी घर भित्र्याएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ७ गते बहुविवाहको उजुरी दिएकी थिइन् ।

पीडितलाई १० वर्षीय छोरासहित कुटपिट गरी घरनिकाला गरेपछि आरोपित किसुनदेवले बकधुवा गाविस–४ की चन्दासँग विवाह गरेको प्रहरीले जनाएको छ ।


मनोहर कुमार पोखरेल