बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

  ०७५ वैशाख ८ गते

त्रिवेणी गाँउपालिका -६ निवासी २९ वर्षीय भुवन विक र कपुरकोट गाँउपालिका-४ गाडापानी निवासी २४ वर्षीया सम्झना कठायतलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । भुवनकी जेठी पत्नी २८ वर्षीया मीना बोहराले पतिले बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख ५ गते उजुरी गरेकी थिइन् । आरोपित दुवैलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी भरत बहादुर विकले बताए ।


मीना बुढाथोकी