बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबाना

  ०७३ मङ्सिर १४ गते

शिद्धेश्वरी-७ फलाँटेका ३४ वर्षीय विरबहादुर बोहरालाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सल्यानले मङ्सिर १३ गते १ वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

उनकी ३७ वर्षीया पत्नी देवी बोहोराले आफू हुँदाहुँदै रुपा सापकोटासँग विवाह गरेको आरोपमा प्रहरीमा साउन २९ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले गरेको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गएको साउन ३० गते गिरफ्तार गरेको थियो ।

यस अघि दुवैजना आरोपितलाई जिल्ला अदालत सल्यानको आदेश बमोजिम ०७३ भदौ २० गते १५ हजार धरौटीमा रिहा भएका थिए ।


मिना बुढाथोकी