बहुविवाह गरेको आरोपमा उजुरी

  ०७३ भदौ १७ गते

गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् ।

पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रप्रसाद उपाध्याका अनुसार घटनाको मौखिक जानकारी पाउनासाथ आरोपित दुवै जनालाई भदौ १५ गते गिरफ्तार गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।


दुर्गा परियार