बहुविवाह गरेको आरोपमा उजुरी

  ०७४ असोज २४ गते

सुखिपुर नपा-१ कि २० वर्षीया अनितादेवी दासले उनका २५ वर्षीय पति शिवदयाल दासले १८ वर्षीया अमृतादेवी दाससँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २३ गते उजुरी दिएकी छन् ।

पीडितका अनुसार आरोपितले असोज ११ गते अमृतासँग बहुविवाह गरी घरमा ल्याई आफूलाई कुटपिट गरेकोले कारबाहीका लागि उजुरी हालेको बताइन् ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गर्ने बताए ।


दुर्गा परियार