बली चढाउने विषयमा गैरदलित समुदायले हस्तक्षेप गरेको दलित समुदायको आरोप
सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र २३ वर्षीय उदयराम विकलाई खोदाई देउताको मन्दिरमा बलि चढाउन लागेको आरोपमा गैरदलित समुदायके एक समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
हरेक वर्ष महानवमीका दिन दलित समुदायले मात्र पूजा गर्ने खोदाई देउतालाई असोज २४ गते महानवमीका दिन बली चढाउन लाग्दा ‘क्षेत्री हुँदाहुँदै दलितते बली चढाउन हुन्न’ भन्दै गैर दलित समुदायको एक समूहले कुटपिट गरेको उदयराम विकले आरोप लगाए ।
खोदाई देउताको मन्दिरमा विश्वकर्मा समुदायले बली दिन तयार पारेको एउटा राँगो र एउटा बोका आफूले बलीका रूपमा काट्न नपाए बस्ती उठाई दिने भन्दै सिंहासैन गाविस–९ का २० वर्षीय नौर थापा, २४ वर्षीय जगत थापा, ४० वर्षीय बल थापा, ४० वर्षीय कल थापालगायत करिव २५ जनाको समूहमा आएका गैरदलित समुदायको एक समूहले लाठी र मुक्का प्रहार गर्न थालेपछि भागेर ज्यान जोगाएको उदयराम विकले बताए ।
विश्वकर्मा समुदायले बली दिने राँगा र बोका आफ्ना इष्टमित्रलाई काट्न लगाउने पुरानो परम्परा टुटाएर क्षेत्रीले काट्न पाउनु पर्ने भन्दै आक्रमण गरिएको विकको आरोप छ ।
लाठी प्रहारबाट घाइते भएका काशी विक र रामसिंह विकको टाउकोमा चोट लागेर रक्ताम्य भएका थिए । नजिक स्वास्थ्य संस्था र मेडिकल नभएका कारण स्थानीय जडिबुटीको प्रयोग गरेर उपचार गरिएको स्थानीय दलित अगुवा दयाराम विकले जानकारी दिए ।
जातीय विभेद गरिएको भन्दै उक्त घटनाको उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आइपुगेको घाइते उदयराम विकले जानकारी दिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…