बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २९ गते

१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानालाइ प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा पुस २६ गते दिएको उजुरीका आधारमा सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २७ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।


मिना बुढाथोकी