बलात्कार र बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज १६ गते

१९ वर्षीया महिलालाई बलात्कार र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला टिकापुर नपा–८ स्थित सशस्त्र प्रहरी बलको बिओपि पोष्टमा कार्यरत शसस्त्र प्रहरी जवानद्वय २२ वर्षीय जीवन रानामगर र २१ वर्षीय अर्जुन विकलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडितपक्षले आरोपित विरुद्ध  असोज १४ गते इलाका प्रहरी कार्यालय राजापुरमा उजुरी दर्ता गराएका थिए । पीडितहरू भदौ १५ गते कैलालीको श्रीलङ्का टापुबाट माछा मारेर घर फर्कदै गर्दा आरोपितद्वयले बलात्कार र बलात्कार प्रयास गरेको र घटनाबारे कसैलाई नभन्न धम्की दिएकोले ढिलोगरी उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए ।

पीडितहरूले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी निमबहादुर घलेले बताउनु भयो ।

पीडित दुबै जनाको स्वास्थ्य परीक्षण असोज १४ गते बर्दिया अस्पतालमा गरिएको छ ।


मानबहादुर चौधरी