बलात्कार मुद्दा मुल्तबीमा राख्न अदालतको आदेश

  ०७७ पुस २० गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा कारबाही गर्दै जिल्ला अदालतले पुस २० गते मुद्दा मुल्तबीमा राख्न आदेश दिएको छ ।

पाथीभरा याङवरक गाउँपालिका–२,थेचम्बुका २० वर्षीय प्रदीप भन्ने अग्नी  विष्ट आरोपित रहेको बलात्कार मुद्दामा अदालतले मुल्तबी राख्न आदेश दिएको हो ।

न्यायाधीश प्रकाश राउतको पुस २० गतेको आदेशले मुद्दा मुल्तबीमा राख्न आदेश भएको अदालतका तहसिदार नवराज गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७५ मङ्सिर ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७६ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७६ मङ्सिर १ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ साउन १९ गते गरिएको थियो ।


देवराज गुरुङ