बलात्कार प्रयास घटनामा बयान बदलेको भन्दै निवेदकलाई पाँच हजार रुपियाँ जरिवानाको फैसला

  ०७६ माघ ९ गते

आफूलाई बलात्कार प्रयास भएको भन्दै प्रहरीमार्फत अदालत पु¥याएको एक घटनाका निवेदकले बयान बदलेको भन्दै जिल्ला अदालत (रुकुम पश्चिम) ले निवेदकलाई ५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ ८ गते उक्त फैसला सुनाएको हो । सानीभेरी गाउँपालिका–१ सोताटोल निवासी ४५ वर्षीय गंगाराम भन्ने गंगे पुनलाई सफाइ दिदै निवेदकमाथि जरिवानाको फैसला सुनाएको हो ।

पीडित बालिकाकी आमाले ०७६ भदौ २८ गते साँझ घरमा कोही नभएको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै असोज १ गते प्रहरीमा उजुरी दिएकी थिइन ।

उजुरीपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी असोज ८ गते अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतमा बयान फेरेर आफूलाई केही नगरेको, गंगे पुन राम्रो र सामाजिक व्यक्ति भएको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिवानासहितको सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।


मनिषा के सी