यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार ३ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का २३ वर्षीय अनमोल केसीलाई  असार २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७५ पुस ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले ०७५ पुस ६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको  र घटना लगत्तै फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७५ पुस ६ गते  राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो  ।


जयनारायण पुन